Welcome to SpokaneNepal. By Kamala Dhakal.

Saturday, February 5, 2011

मदन भण्डारीको प्रेरणामा फिल्म

स्वर्गीय एमाले जननेता मदन भण्डारीको प्रेरणा र नीतिमा आधारित चलचित्र मदन भण्डारी माई लिर्डर नामक चलचित्र निर्माण हुने भएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले नेता केपी ओलीले सो फिल्म निर्माण हुने घोषणा गरेका हुन् । कोरस फिल्मस स्टुडियो प्रालि तथा जनपक्षीय चलचित्रकर्मी संघको प्रस्तुती रहने सो चलचित्रमा मदन भण्डारीद्धारा कम्युनिष्ट आन्दोलनमा प्रयोग गरिएका नीतिहरूलाई आधार मानेर मनोरञ्जनात्मक ढङ्गमा फिल्म निर्माण गरिने यूनिटको भनाई छ । सो चलचित्रलाई राजन राईले निर्देशन गर्ने भएका छन् । जसमा हरिहर शर्मा, देशभक्त खनाल, उत्तम केसी, शुभेच्छा थापा लगायतका कलाकार मुख्य भूमिकामा रहने बताईएको छ । पूर्णरूपमा स्वर्गीय नेता भण्डारीको ब्यक्तिगत जीवनमा आधारित भएर कथा तयार गरिएको सो चलचित्रको छायाकंन एक महिना पछी सुरू गरिने निर्देशक राईको भनाई  छ ।

श्रीकृष्णको रिवन कटाई २४औँ


करिब सात बर्षअघि अभिनेता श्रीकृष्ण श्रेष्ठले पहिलो पटक  सिन्धुपाल्चोकको एक निम्न माध्यमिक विद्यालयको रिवन काटेर उद्धघाटन गर्ने मौका पाएका थिए । त्यसपछी विभिन्न शैलुन, पार्लर लगायतका नयाँ ब्यवसायिक स्थानलाई प्रमुख अतिथि भएर उद्धघाटन गर्न उनलाई पछिल्ला समयमा निकै निम्ता आउने गरेका छन् । जस अनुरूप शुक्रबार पनि यिनलाई यस्तै मौका जुर्‍यो जुन मौकामा उनको रिवन कटाईको संख्या थियो २४औँ ।

Click To Watch!

Hindi Movie

Followers

 

Copyright © 2009 by SpokaneNepal By Kamala

Template by Blogger Templates | Powered by Blogger